बंगलादेशमा डुंगा पल्टिदा मृत्यु हुनेको संख्या ३२ पुग्यो

न्युजलय ११ असोज २०७९, मङ्गलबार ०७:२० मा प्रकाशित

काठमाडौं । बङ्गलादेशको उत्तरी क्षेत्रमा डुङ्गा डुब्दा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । राजधानी ढाकाबाट ४ सय ६८ किलोमिटर टाढा बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको कराटोया नदीमा थप ७ जनाको शव फेला परेको हो ।


डुङ्गा दुर्घटनामा बेपत्ता भएका ३० जनाको अवस्था अझै थाहा हुन नसकेको बङ्गलादेशको प्रहरीले जनाएको छ । उनीहरुको खोजी चलिरहेको छ । प्रहरी निरीक्षक सिराजुल हुडाका अनुसार झण्डै सय जना यात्रु बोकेको डुङ्गा आइतबार दिउँसो डुबेको थियो । आइतबार बेलुका २५ जनाको शव भेटिएको थियो ।


क्षमताभन्दा धेरै भार भएका कारण डुङ्गा डुबेको प्रारम्भिक अनुसन्धानले देखाएको सुरक्षा निकायलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।