काठमाण्डौ । चीनमा आइतवार गएको भूकम्पमा मृत्यु हुनेको संख्या ६५ पुगेको छ।
६.८ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु सिचुवान प्रान्तमा रहेको थियो।
भूकम्पका कारण २४३ शहरमा घर भत्किएका छन् भने १३ हजार १० वटा घरमा क्षति पुगेको छ। हजारौं विस्थापित हुँदा अहिले पनि प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको छ। करिब २०० मानिस अहिले उद्धारको प्रतिक्षामा छन्।
भूकम्पमा घाइते भएका करिब २५० जनाको हाल उपचार भइरहेको छ।