रुसको आक्रमणबाट ३५३ बालबालिकाको मृत्यु

न्युजलय २ साउन २०७९, सोमबार ०९:२१ मा प्रकाशित

काठमाडौं । युक्रेनमा रुसले गरेको आक्रमणमा परि हालसम्म ३५३ बालबालिकाको मृत्यु भएको छ ।

 

आक्रमणमा ६६२ बालबालिका घाइते भएका छन् । जसलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।


रुसले लगातार युक्रेनमा मिसाइल आक्रमण गरिरहेको छ । 

 

डोनेट्स्क क्षेत्रमा सबैभन्दा बढी ३५३ बालबालिकाको मृत्यु भएको छ । खार्किभमा १९१, कीभमा ११६ र खेरसनमा ५२ बालबालिकाको मृत्यु भएको छ ।