खाना पकाउने ग्यासको मूल्य वृद्धि

न्युजलय २७ चैत २०८२, शुक्रबार ०६:२४ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास तथा हवाई इन्धनको मूल्य बढाएको हो ।

पछिल्लो मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ मूल्य बढेको छ । त्यस्तै डिजेल र मट्टितलमा प्रतिलिटर २५ रुपैयाँ बढेको छ भने खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर एक सय रुपैयाँ बढेको छ । हवाइ इन्धन आन्तरिकमा प्रतिलिटर ६ रुपैयाँ बढेको निगमले जनाएको छ ।

पेट्रोलको पहिलो वर्गको २१६ दशमलम ५० पैसा, दोस्रो वर्गको २१८ तथा तेस्रो वर्गको २१९ रुपैयाँ प्रतिलिटर पुगेको छ ।