काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले हाल देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्ने, कोशी प्रदेशको पहाडी र तराई भूभाग तथा बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।