सेयर बजार ४८ अंकले बढ्यो

न्युजलय २६ चैत २०८२, बिहिबार ०४:०१ मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अङ्कले बढेर दुई हजार ८५१ दशमलव २४ को बिन्दुमा कायम भएको छ । 

आज ३३८ कम्पनीको दुई करोड ७९ लाख ३१ हजार ७७० कित्ता शेयर एक लाख आठ हजार ८६९ पटक खरिदबिक्री हुँदा नौ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ ।