श्रममन्त्री साह बर्खास्त

न्युजलय २६ चैत २०८२, बिहिबार ०३:५८ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साह पदबाट हटाउने भएका छन् । 

मन्त्री बनेको १४ दिनमै विभिन्न विवादमा परेपछि प्रधानमन्त्री बालेनले साहलाई हटाउने भएका हुन् । 

साहलाई मन्त्रीमा नियक्ति गरेपछि उनीविरुद्ध एमबीबीएसमा नाम निकाल्दिने भनेर पैसा उठाएको अभियोगमा पक्राउ पुर्जी जारी भएको र उनकी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा पुनः सक्रिय गराइएको विषय विवादित बनेका थिए । 

विवाद उठेपछि रास्वपामा पनि मन्त्री साह बारे प्रश्न उठेको छ । सभापति रवि लामिछानेले मन्त्री शाहको विषयमा प्रश्न उठेको भन्दै उनलाई जिम्मेवारीबाट अलग गर्न प्रधानमन्त्री बालेनलाई पत्र नै लेखिसकेको पाइएको छ ।