काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचन आगामी चैत २७ गते हुने भएको छ ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनका लागि मिति तोकेका हुन् ।
सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ८ को उपनियम (२) बमोजिम उपसभामुखको निर्वाचनको मिति घोषणा गरेका हुन् ।
सङ्घीय संसद सचिवालयले निर्वाचनको विस्तृत कार्यतालिका आजै सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ सरकार गठन र सभामुखको निर्वाचनपछि रिक्त रहेको उपसभामुख चयन प्रक्रिया अघि बढेको हो । चैत २७ गते हुने मतदान प्रक्रियाबाट प्रतिनिधि सभाले नयाँ उपसभामुख चयन गर्नेछ ।