बढ्यो सुनको भाउ

न्युजलय २५ चैत २०८२, बुधबार ११:५९ मा प्रकाशित

काठमाडौं । आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन प्रतितोला ७ हजार २०० र चाँदी तोलामा २०५ ले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार कायम भएको छ । 

त्यस्तै चाँदीको मूल्य ५ हजार २५ कायम भएको छ ।