रतुवामाईबाट २० लाख भारतीय रुपैयाँ बरामद

न्युजलय २८ बैशाख २०८३, सोमबार ०२:०९ मा प्रकाशित

मोरङ। मोरङको रतुवामाई नगरपलिका–२ स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ।

पाँच सय दरको ४० बन्डल भारतीय नोट सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाले गएराति बरामद गरेको हो।

भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिलाई शंका लागि जाँच गर्ने क्रममा पछाडि बसेका व्यक्तिले बोकेको झोला सोही ठाउँमा फालेर भागेका थिए।