इटहरी । इटहरीको जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष चयनको विरोधमा अभिभावकहरुले विरोध जनाउँदै उपमहानगरपालिकामा धर्ना दिएका छन् ।
सोमबार इटहरी उपमानगरपालिकाको गेट अगाडी धर्ना दिँदै अभिभावकहरुले प्रर्दशन गरेका हुन् ।
व्यवस्थापन समिति चयन अभिभावक भेलाबाट गर्नुपर्नेमा नगर शिक्षा समितिले बाहिरबाट व्यक्तिलाई छनौट गरेको उनीहरुले आरोप लगाएका छन् ।
केही दिन अघि उपमहानगरको नगर शिक्षा समितिले दुई कार्यकाल अध्यक्ष भइसकेका काशीनाथ दंगाललाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गरेको थियो ।