धरान । धरानमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।
आइतबार दिउँसो धरान उपमहानगरपालिका–१० बेलगाछी लाइनका २७ वर्षीय जीवन भुजेलको हत्या भएको हो ।
स्थानीय युवाबीच भएको आपसी विवादका क्रममा भुजेलमाथि आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट उनको दायाँ कुममा गम्भीर चोट लागेको थियो ।
गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनामा संलग्न धरान–१९ निवासी अन्दाजी २८ वर्षीय अर्जुन विश्वकर्मा फरार भएका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।